१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी: जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन् । हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । हामीलाई प्रश्न सोधिरहेका छन् । आज एउटा गरिवको छोराले रोजगारी पायो की पाएन ? आज एउटा पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा पायो की पाएन ? आज सरल रुपमा गुणस्तरीय उपचार पायो की पाएन भन्ने विषयहरु आज तेर्सिएका छन् । राजनीतिक पार्टीहरुका अगाडि तेर्सिएका प्रश्न हुन् । माओवादीका लागि तेर्सिएका प्रश्न हुन् । यि कुराहरुको सम्बोधन आज जनताले चाहेका छन् । जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो ।’

उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाउनु भयो ।