२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी: जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही असन्तुष्टिका कारण तितरवितर भएको माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दलहरुको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेका छन् । हामीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । हामीलाई प्रश्न सोधिरहेका छन् । आज एउटा गरिवको छोराले रोजगारी पायो की पाएन ? आज एउटा पीडित वर्गका बालबालिकाहरुले रोजगारी, सहज शिक्षा पायो की पाएन ? आज सरल रुपमा गुणस्तरीय उपचार पायो की पाएन भन्ने विषयहरु आज तेर्सिएका छन् । राजनीतिक पार्टीहरुका अगाडि तेर्सिएका प्रश्न हुन् । माओवादीका लागि तेर्सिएका प्रश्न हुन् । यि कुराहरुको सम्बोधन आज जनताले चाहेका छन् । जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नु आजका राजनीतिक पार्टी र हाम्रो पार्टीको मुख्य काम हो ।’

उपमहासचिव शर्माले समावेशी र संघीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाउनु भयो ।