२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

तिहार र छठको मौकामा खाद्यान्‍नमा मनलागी मूल्य निर्धारण

तिहार र छठको मौकामा खाद्यान्‍नमा मनलागी मूल्य निर्धारण
अ अ+ अ-

काठमाडौँ । दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ । दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ । चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । संघका अनुसार डेढ सातामा खाद्यको भाउ किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ । ‘दसैंलगत्तै मूल्य बढ्नुपर्ने अवस्था नभए पनि बजारभाउ चुलिएको छ,’ संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘मौज्दात पर्याप्त छ, मूल्य बढेका विषयमा होलसेल र आयातकर्ताले स्पष्ट जवाफ दिँदैनन् । चलखेलकै लागि यसो गरिएको हुन सक्छ ।’ डेढ साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले होलसेलमै खरिद मूल्य १ सय २० रुपैयाँ पुगेको छ । ‘ढुवानी, प्लास्टिकसहित उपभोक्तालाई १ सय ३५ रुपैयाँमा बिक्री गर्न बाध्य भएका छौं,’ उनले भने । उनका अनुसार महिनामा ५० किलो बिक्री गर्ने साना खुद्रा व्यापारीले किलोमा १५ रुपैयाँ नाफा राख्दा पनि लगानी उठ्दैन । व्यवसायीले केराउ न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलियालगायत मुलुकबाट ल्याउँछन् । नेपालका लागि आयात गरिएको केराउ पुनः भारत पठाउने गरिएको छ । जसले गर्दा यहाँ महँगो भएको अध्यक्ष श्रेष्ठको दाबी छ ।

‘नेपालको तुलनामा भारतमा पठाउँदा दोब्बर फाइदा छ, केराउ पुनः भारत गएको छ,’ उनले भने, ‘भारत गएपछि यहाँ महँगियो ।’ केराउजस्तै खाने तेल पनि भारत तस्करी भइरहेको छ । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा तेल पनि आयातमै निर्भर हुनपर्ने बाध्यता छ । उद्योगीहरूले कच्चा पदार्थ आयात गर्छन् । त्यसपछि यहाँ रिफाइन गरेर पुनः भारत पठाउने गरेका छन् । आयातित तेल भारत गएपछि यहाँ मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । ‘खाने तेल भारत पठाएकै कारण दसैंअगाडि प्रतिलिटर १० रुपैयाँ बढेको थियो । अहिले पुनः १५ रुपैयाँ बढाएका छन्,’ टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुयाँलले भने, ‘त्यो पनि बजारमा अभाव देखिन्छ ।’ होलसेल व्यवसायीसमेत रहेका उनले उद्योगीहरूले महँगोमा बिक्री गर्न भारत पठााएको दाबी गरे । सिंगापुर र मलेसियाबाट पनि कच्चा तेल आउँछ । संघका अनुसार दसैंअगाडि भटमासको तेल १५० देखि १ सय ५५ रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले खुद्रा व्यापारीले १ सय ६३ रुपैयाँमा किन्छन् । त्यसपछि सर्वसाधारणलाई प्रतिलिटर १ सय ७० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । लिटरको १ सय ७० देखि १ सय ७५ रुपैयाँ पर्ने सनफ्वारको मूल्य बढेर १ सय ८० देखि १ सय ८५ रुपैयाँ, तोरीको तेलमा पनि बढेर २ सय ६० रुपैयाँसम्म पुगेको अध्यक्ष श्रेष्ठले जनाए ।

‘तोरीको तेल प्रतिलिटर २ सय ३० रुपैयाँदेखि २ सय ४० रुपैयाँमा बिक्री गरेका थियौं,’ उनले भने, ‘अहिले २ सय ६० पर्छ । होलसेल आयातकर्ता र उद्योगी एकअर्कोलाई देखाएर पन्छिएका छन् ।’ बजारभाउ अकासिएको सन्दर्भमा नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जानकारी गराइएको संघले जनाएको छ । तर वाणिज्यले बुझ्छौं भनेर टार्दै आएको खुद्रा व्यवसायी गुनासो गर्छन् । दालको भाउ पनि किलोमै २० रुपैयाँसम्म बढेको संघले जनाएको छ । डेढ साताअघि मासको दाल प्रतिकिलो १ सय ५५ रुपैयाँदेखि १ सय ६० रुपैयाँमा बिक्री भएको थियो । अहिले बढेर १ सय ७० रुपैयाँ पुगेको छ । मुसुरोको दाल १ सय ४० देखि १ सय ४५ रुपैयाँसम्म थियो । अहिले किलोमै १ सय ५५ रुपैयाँ पुगेको छ । किलोको १ सय २० रुपैयाँदेखि ३० रुपैयाँ पर्ने बोडी अहिले बढेर १ सय ५० रुपैयाँ पुगेको संघले जनाएको छ । खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ पनि केराउ र तेल भारत गएकै कारण यहाँ मूल्य बढेको बताउँछन् । ‘नेपालमा बिक्री गर्नुभन्दा भारत पठाउँदा फाइदा छ । त्यसैले उद्योगीहरूले त्यता पठाएका छन्, भारत गएपछि यहाँ महँगो भयो,’ उनले भने, ‘दालको हकमा बर्माबाटै बढेर आएको छ ।’

अहिले बढिरहेको भाउ छठपछि पुनः नियन्त्रणमा आउने उनको दाबी छ । चिनीको मूल्य पनि किलोमै ९० देखि ९५ रुपैयाँसम्म पुगेको छ । ‘दसैंअघि होलसेलबाट ७३ रुपैयाँमा खरिद गर्थ्यों । अहिले खरिद मूल्य ८२र८३ रुपैयाँ पर्छ,’ श्रेष्ठले भने, ‘बल्कमा खरिद गर्ने व्यापारीले किलोको ९० रुपैयाँमा बिक्री गरेका छन् । सानाले ९५ रुपैयाँसम्म लिएका छन् ।’ संघका अनुसार यी वस्तुको माग छठसम्म बढ्छ । त्यसको फाइदा उठाउँदै उद्योग, आयातकर्ता र होलसेलमा मूल्य बढाइएको छ । गत वर्षको तुलनामा चिनीको आयात ३० गुणा बढेको भन्सार विभागको तथ्यांक छ । तर बजारमा मूल्य अत्यधिक छ । साल्ट ट्रेडिङ कर्पोरेसनले भने किलोको ७३ रुपैयाँमा बिक्री गरिरहेको छ । चाडबाडकै लागि थप ३ रुपैयाँ छुट दिएर किलोको ७० रुपैयाँमा बजारमा उसले बेचेको छ । बजार हस्तक्षेप गर्न सहुलियत दरमा आयात गर्ने जिम्मा पाएका साल्ट र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै चिनी नल्याउँदा बजार अनियन्त्रित बनेको छ ।

साल्टले कोटाअनुसार केही मात्रामा आयात गरे पनि खाद्यले ल्याउनै सकेको छैन । जसले गर्दा बजारमा पर्याप्त चिनी हुँदा पनि भाउ अकासिएको हो । चाडबाडकै अवसरमा व्यापारीले मौका छोपेकाले भाउ केही बढेको बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्ने दायित्व पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए । चिनी, इलेक्ट्रिक सामान, मिठाईलगायतको अनुगमन गरिरहेको उनले दाबी गरे । ‘आयाकर्ताको भ्याट बिल, प्रज्ञापनपत्र हेर्दा ठीकै देखिन्छ । भ्याट बिल काटेको देखिएपछि कारबाही गर्न सकेका छैनौं,’ उनले भने, ‘सरकारी निकायले समयमै सहुलियत चिनी आयात गरेको भए यस्तो अवस्था आउने थिएन ।’ कान्तिपुर दैनिक