२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

भारतको विहार राज्यमा विधानसभा चुनाव सकियो

भारतको विहार राज्यमा विधानसभा चुनाव सकियो
अ अ+ अ-

पटना । भारतको विहार राज्यमा विधानसभा चुनाव सकिएको छ । शनिबार भएको तेस्रो चरणको चुनावमा ५५ प्रतिशत मत खसेको अधिकारीहरूले जनाएका छन् । १७ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सकिएको अधिकारीहरूले जनाएका छन् । ७९ सिटका लागि भएको शनिबार भएको चुनावमा १ हजार २ सय ४ जना उम्मेदवार छन् । यसअघि अक्टोबर २८ पहिलो र नोभेम्बर १ मा दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणबाट ७१ तथा दोस्रो चरणको मतदानबाट ९४ सदस्य चयन हुनेछन् । चुनावको मतगणना नोभेम्बर १० देखि सुरु हुने जनाइएको छ । तेस्रो चरणको मतदान सकिएसँगै सार्वजनिक एक्जिट पोलले सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ११६ सिटमा विजयी हुने देखाएका छन् । राष्ट्रिय जनता दल (आरजेडी) का तेजस्वी यादव नेतृत्वको विपक्षी गठबन्धनले १२० सिट आफ्नो पक्षमा पार्ने प्रक्षेपण गरिएको छ । विहारको विधानसभामा २४३ सिट छन् । अधिकारीहरूले कोभिड–१९ को महामारीका बाबजुद विहारको चुनावमा मतदाताहरूले उल्लेखनीय उपस्थिति जनाएका बताएका छन् । शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कोभिड–१९ बाट जोगिन मतदाताहरूलाई आधारभूत मापदण्डहरू अपनाउन निकै कडाइ गरिएको थियो । मतदानका बेला अपनाउनुपर्ने मापदण्डबारे निर्वाचन आयोगले निर्देशिका बनाएर जारी गरेको थियो ।

मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नुपर्ने, सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरूको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायत कुरा उल्लेख गरिएको छ । कोभिड–१९ को महामारीबीच भारतमा पहिलोपटक भइरहेको चुनाव भएकाले पनि यसमार्फत महामारी रोकथामका लागि सरकारले गरेको प्रयास र प्रदेश सरकारका पाँच वर्षका कामप्रति जनमतको बुझाइ पनि प्रस्ट हुनेछ । गत वर्षको लोकसभा चुनावपछि भएका राज्य चुनावहरूमा एकपछि अर्को हार बेहोरेकाले पनि नरेन्द्र मोदी सरकार र भारतीय जनता पार्टी (भाजपा) का लागि पनि विहारको चुनाव परीक्षाका रूपमा हेरिएको छ । विगतदेखि नै विहारको राजनीतिमा जातीय समीकरण हाबी हुँदै आएकाले त्यसैअनुसारको उम्मेदवार पनि चयन गर्ने गरिएको छ । जातीय समीकरणले प्रमुख भूमिका खेल्ने भएकाले गठबन्धन निर्माणदेखि सिट बाँडफाँट र उम्मेदवार चयन पनि त्यसैअनुसार हुने गरेको छ । गत वर्षको लोकसभा चुनावमा राज्यका सबै ४० सिट जितेको सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० विधानसभा चुनावमा पनि त्यस्तै नतिजा दोहोर्‍याउने दाउमा छ । राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय राष्ट्रिय कंग्रेसलगायतको विपक्षी महागठबन्धन पुनः एकपटक सन् २०१५ को परिणाम निल्कने अपेक्षामा छन् ।

पाँच वर्षअघि आरजेडीले ८० सिट जितेर पहिलो पार्टी बनेको थियो दोस्रोमा जेडीयूले ७१ सिट हात पारेको थियो । भाजपा भने ५३ सिटमा सीमित भएको थियो । त्यसैगरी कांग्रेसले २७ सिट जितेको थियो । अघिल्लो चुनावमा महागठबन्धनमा आवद्ध मुख्यमन्त्री नीतिश कुमारको जनता दल युनाइटेड (जेडीयू) यसपटक भने भाजपासँगै एनडीएमा छ । त्यतिबेला एनडीएमा रहेको लोक जनशक्ति पार्टी (एलजेपी) गठबन्धनबाट बाहिरिएको छ । त्यसैगरी यसअघि महागठबन्धनमा रहेका राष्ट्रिय लोकसमता पार्टी (आरएलएसपी) का उपेन्द्र कुशवाहले अन्य साना दलसँग मिलेर तेस्रो मोर्चा बनाएका छन् ।

वामपन्थीहरू पनि सामेल भएपछि विपक्षी महागठन्धन थप बलियो बनेको आकलन राजनीतिक विश्लेषकहरूको छ । गठबन्धनमा भएको फेरबदल र सरकारविरुद्ध बढ्दो असन्तुष्टिका कारण नीतिशका लागि यो चुनाव निकै चुनौतीपूर्ण हुने बताइएको छ । कान्तिपुर दैनिक