२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

जलविद्युत् कम्पनीको सेयरमा लगानी बढ्दो

जलविद्युत् कम्पनीको सेयरमा लगानी बढ्दो
अ अ+ अ-

काठमाडौँ । लामो समयसम्म सुधार हुन नसकेको जलविद्युत् कम्पनीहरूको सेयरमा केही सातायता लगानीकर्ताको आकर्षण बढेको छ । तुलनात्मक रूपमा सेयर मूल्य कम रहेको र आउँदा दिनमा बढ्ने अनुमानका आधारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिन थालेको जानकार बताउँछन् । गत साता मात्र करिब २ अर्ब ६१ करोड रुपैयाँ बराबरको जलविद्युत् कम्पनीको सेयर कारोबार भयो । यो अवधिमा जलविद्युत् कम्पनीहरूका १ करोड २७ लाख ७२ हजार ७ सय कित्ता सेयर किनबेच भए । साप्ताहिक कुल कारोबारमा सेयर संख्याका आधारमा जलविद्युत् कम्पनीको हिस्सा करिब ३२ प्रतिशत छ । रकमका आधारमा करिब साढे २१ प्रतिशत छ । गत भदौ दोस्रो साता कुल साप्ताहिक कारोबारमा जलविद्युत् समूहको हिस्सा करिब साढे २ प्रतिशत मात्र थियो । लगानीकर्ताको आकर्षण बढेसँगै गत शुक्रबार जलविद्युत् समूहको परिसूचक १ हजार ४ सय ३२.४२ मा पुगेको छ । गत भदौ ३ मा यस्तो सूचक ९ सय ४२.४९ विन्दुमा थियो । असोज २२ सम्म आइपुग्दा यो बढेर १ हजार १ सय १७.२७ विन्दुमा थियो । त्यसपछि यो सूचक केही घट्यो । कात्तिक २ सम्म आइपुग्दा यो १ हजार ३ सय २२.४० अंकमा झर्‍यो । त्यसपछि फेरि बढ्न थाल्यो । यसअनुसार कात्तिक १९ मा यो १ हजार ४ सय १५.५४ र कात्तिक २० मा १ हजार ४ सय ३२.५२ विन्दुमा उक्लेको छ । उल्लिखित तथ्यांकले पनि जलविद्युत् समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेको पुष्टि हुन्छ । यो समूहअन्तर्गतका कम्पनीको सेयर मूल्य बढ्नुको उल्लेख्य कारण केही छैन । तर तुलनात्मक रूपमा सेयर मूल्य कम रहेको, कोभिड–१९ को प्रभाव देखाउँदै साना जलविद्युत् आयोजनाले नीतिगत छुटका लागि प्रस्ताव गरेको लगायत कारण लगानीकर्ताले जलविद्युत् कम्पनीहरूको सेयरमा लगानी बढाएको एक ब्रोकरले बताए ।

‘पहिलो कारण जलविद्युत् समूहको सेयर मूल्य कम हुनु, दोस्रो नीतिगत सुधारका लागि पहल हुनु, तेस्रो लगानीकर्ताको संख्या बढ्नु,’ ती ब्रोकरले भने, ‘लकडाउनपछि साना लगानीकर्ता धेरै थपिएका छन्, उनीहरूको रोजाइ कम मूल्यका सेयर नै हुन् ।’ अहिले जलविद्युत् कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण हुने प्रमुख कारण यही नै हो । यसअघिको व्यवस्थाअनुसार १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले हिउँदमा ४० प्रतिशतभन्दा कम उत्पादन गरे जरिवाना तिर्नुपर्छ । तर विद्युत् नियमन आयोग गठनपछि पीपीए गरेका आयोजनाले उक्त जरिवाना तिर्नुपर्दैन । यो व्यवस्था पुराना (आयोग गठन हुनुअघिका) आयोजनाले पनि माग गरेका छन् । यो विषय पनि जलविद्युत् कम्पनीको सेयरमा आकर्षण बढ्नुको एक कारण भएको जानकारहरूको भनाइ छ । लकडाउनमा बन्द भएको बजार खुलेपछि पनि डेढ दर्जनभन्दा बढी जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्य (एक सय रुपैयाँ) भन्दा कम थियो । त्यो अवस्था लामो समयसम्म चल्यो । बजारले सुधारको गति समातिसक्दा पनि जलविद्युत् कम्पनीको सेयर मूल्य नबढ्दा यो क्षेत्रमा सुधार नआउने आकलन पनि गरिएका थिए । तर पछिल्लो केही सातायता परिस्थिति बदलिएको छ । दिनहुँजसो जलविद्युत्को सेयरमा लगानी बढिरहेको छ । गत सात स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरे । यसमा स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद लाभांश अनि एभरेस्ट बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरे । यो बजारको अपेक्षाभन्दा धेरै कम हो । यसकारण पनि लगानीकर्ताले बैंकिङ समूहको साटो कम सेयर मूल्य भएका जलविद्युत्लगायत समूहको सेयरमा लगानी बढाएको जानकारहरूको भनाइ छ ।

हाल सेयर बजारमा ३४ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो वर्ष यस्तो संख्या बढेर ५० हाराहारीमा पुग्ने देखिन्छ । सेयर निष्कासन गरेसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् । नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयवासीलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ ।

सेयर बजार निरन्तर रूपमा बढ्न थालेपछि ती कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा माथि पुगेको छ । तर अझै पनि लगानीकर्ताले ढुक्क भएर जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने अवस्था नभएको जानकारहरू बताउँछन् । कान्तिपुर दैनिक