१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण
Representative photo
अ अ+ अ-

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।

इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो ।

बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुरÞ्याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो ।

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोँसँग ‘एकपक्षीय युद्धविरामको अर्थ नहुने बताउनुभएको छ । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

नेतान्याहु र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र ९बफर जोन० हुनुपर्ने विषयमा जोड दिएका छन् ।

“प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुन: हतियार बोक्न र सङ्गठन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र ९बफर जोन० निर्माण गर्नुपर्ने अडान म्याक्रोँसँग राख्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेप्यास्त्र आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताउनुृभएको थियो ।

“इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेवनानको रहेको उहाँले बताउनुभएको छ ।

बुधबार बिहान इजरायली सेनाले देशको उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेप्यास्त्र प्रहार गरिएको तर कुनै हताहत नभएको जनाएको छ ।

इरान समर्थित हेजबुल्लाहले सफेड सहरमा “मिसाइलको प्रक्षेपण गरेको जनाएको छ ।

इजरायली सेनाले मङ्गलबार बेका उपत्यका लगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन बालबालिका सहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।

गत अक्टोबर–१० मा लेबनानमा इजरायली हवाई आक्रमणको बारेमा सोधिएको प्रश्नमा अमेरिकी विदेश विभागले खुला आलोचना गरेको थियो ।

आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा, सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनले गाजामा प्यालेस्टिनीलाई थप मानवीय सहायता नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् ।

भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद, राष्ट्रसङ्घको बाल निकाय ९युनिसेफ०का प्रवक्ताले गत वर्षको अक्टोबरमा इजरायलको आक्रमण सुरु भएदेखि सहायताले सबैभन्दा कडा प्रतिबन्धको सामना गरिरहेको बताउनु भएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायली अभियानले अधिकांश नागरिकसहित ४२ हजार ३४४ जनाको ज्यान लिएको छ ।

इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहविरुद्ध आफ्नो हवाई अभियान बढाएपछि लडाँकु समुहलाई उत्तरी सीमाबाट पछाडि धकेल्ने उद्देश्यले एक हप्तापछि स्थल आक्रमण सुरु गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत महिना इजरायलले बम विस्फोट बढाएपछि लेबनानमा कम्तिमा एक हजार ३५६ जनाको मृत्यु भएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्अनुसार वर्षौँदेखि आर्थिक सङ्कट झेलिरहेको लेबनानमा युद्धले कम्तीमा छ लाख ९० हजार मानिसहरु विस्थापित भएका छन् ।

आगामी अक्टोबर १ मा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानलाई पनि जवाफ कसरी दिने भन्ने कुरामा पनि इजरायलले योजना बनाइरहेको छ।

नेतान्याहुको कार्यालयले इरानविरूद्ध जवाफी कारबाही कसरी गर्ने जनाउदै अमेरिकाको राय सुन्ने तर आफ्नो राष्ट्रिय हितको आधारमा अन्तिम निर्णय गर्ने जनाएको छ ।

इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकी सरकारले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न निर्देशन दिएको छ ।