८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नेपाल सरकारलाई भेन्टिलेर सहयोग हस्तान्तरण

नेपाल सरकारलाई भेन्टिलेर सहयोग हस्तान्तरण
अ+ अ-

काठमाडौं । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको बताउनुभयो । भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उहाँले बताउनुभयो । कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उहाँले बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताउनुभएको छ । संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने उहाँले बताउनुभयो ।

अहिले नेपाल भारत लगायत विश्वभरी नै कोरोना महामारीको संक्रमण बढ्दो छ । नेपालम दैनिक सयौँ जनालाई संक्रमण भइरहेको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार १ लाख ९१ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आजसम्म १ हजार ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । भने, १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।