२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ



अ+ अ-

एजेन्सी । अक्टोबर १५ (मङ्गलबार)मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।

पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पिटिआई प्रदर्शन अयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ । पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग सङ्गठन (एससिओ)शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो ।

इमरान खानले स्थापना गर्नुभएको पिटिआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ । यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ । उक्त दिन इस्लामाबादमा हुने एससिओ शिखर सम्मेलनको पहिलो दिन हो ।

घटनाक्रमलाई ध्यानमा राख्दै प्रहरी अधिकारीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै मानिसहरूको प्रदर्शन गर्ने अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको एआरवाई न्युजले बताएको छ ।

पिटिआईले गत साता आफ्नो राजनीतिक समितिको बैठकपछि प्रदर्शनको घोषणा गरेपछि प्रहरीको कारबाही आएको हो । सामाजिक सञ्जाल एक्समा पिटिआई केन्द्रीय सूचना सचिव शेख वकास अकरमले अक्टोबर १५ मा इस्लामाबादको डि–चौकीमा ‘शक्तिशाली’ प्रदर्शन हुने बताउनुभएको थियो ।

उहाँले पञ्जाबमा पिटिआईका प्रदर्शनहरू रद्द गरिएको र पञ्जाबमा थुनामा राखिएका पिटिआई कार्यकर्ता, नेता र प्रान्तीय विधानसभा सदस्य (एमपिए)लाई रिहा गर्न आह्वान गर्नुभएको छ ।

पिटिआईले सङ्घीय र पञ्जाब सरकारद्वारा गरिएका ‘गैरकानूनी’ छापा र गिरफ्तारीहरू अन्त्य गर्न आह्वान गरेको छ । शेख वकास अकरमले सरकारका कार्यले पिटिआई अध्यक्षको जीवन खतरामा परेको र यसले उहाँलाई आधारभूत मानवअधिकारबाट ‘वञ्चित’ गरेको बताउनुभयो ।

उहाँले सरकारलाई दमन र हिंसा गरेको आरोप लगाउँदै पिटिआई पछि नहट्ने बताउनुभयो । “इमरान खानलाई आधारभूत अधिकार, परिवार र पार्टी नेताहरूसँग पहुँच प्रदान नगरिए अक्टोबर १५ मा सम्पूर्ण पाकिस्तान सडकमा उत्रिनेछ”, उहाँले भन्नुभयो ।

यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पिटिआईलाई ‘व्यापक राष्ट्रिय हितमा’ अक्टोबर १५ को प्रदर्शन आह्वान फिर्ता लिन आग्रह गर्नुभयो ।