१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुुई सय वर्षअघिदेखिको इतिहासको साक्षी हो ।

यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।

यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताउनुुभयो । मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्वका तीर्थस्थल हुन् । पृथ्वी राजमार्गका विभिन्न स्थानका साथै सेती नदी, रुपाकोट, पुम्दी तथा नवलपुरका देवचुली, बरचुलीलगायत मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ । त्यस्तै लामेआहाल, कालिका मन्दिर, हेल्मेट डाँडालगायत स्थानका दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

मन्दिर वरपरको करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । मनिथानको पुरानो मन्दिर नजिकै दुई वर्षअघि नयाँ मन्दिर स्थापना गरिएको छ । यहाँस्थित पुरानो मन्दिरमा शिलाका साथै मौलामा नै पूजा गर्ने गरिएको र नयाँ मन्दिरमा मुक्तिनाथकै स्वरूपमा भगवान् विष्णु एवं लक्ष्मीको मूर्ति स्थापना गरिएको थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिर परिसरमा तीन वटा वनभोज स्थल ९पिकनिक स्पोर्ट०, खेल मैदान, शौचालय, प्रतिक्षालयलगायत संरचना निर्माण गरिएका छन् । यी संरचना निर्माणमा स्थानीय सरकारसँगै चन्दादाता तथा सहयोगीबाट प्राप्त करिब रु ५० लाख खर्च भएको सल्लाहकार थापाले बताउनुभयो । “अब यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार, मन्दिरसम्म पुुग्ने बाटोलाई थप व्यवस्थित एवं खानेपानीको सुविधालाई सहज बनाउन सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्दिरको संरक्षणमा यहाँका गुुरुङ समुदायले विशेष सक्रियता देखाएका छन् भने अन्य स्थानीय जनसमुदायले पनि यसको प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका छन् । उच्च भूूभाग भएकाले यहाँ लालीगुराँस, विभिन्न प्रजातिका वनस्पति तथा जडीबुटीहरूसमेत पाइन्छन् ।

मोटरबाटोमार्फत मन्दिरसम्म पुुग्नका लागि छप्ल्याङ, ठूलोपाखा, मुहानखोला स्कुल, जौबारी, देउराली डाँडा, चिसापानी, कसेरी, आँपु हुँदै मनिथान पुग्ने बाटो रहेको छ भने अर्को लामगादीबाट आँपुभञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।

एकदिवसीय हाइकिङका लागि पनि उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने यो ठाउँ छोटो दूरीमा हिँड्न चाहनेका लागि रोजाइमा पर्नसक्ने भएकाले प्रचारप्रसारमा जोड दिनुपर्ने पोखरा महानगरपालिका–३२ बेलबुटेका युवा हरिष्चन्द्र पौडेल बताउनुहुन्छ । “यो मन्दिर प्राचीन इतिहासको साक्षी पनि हो । त्यसैले यहाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधार विकासमा जोड दिन आवश्यक छ । यसका लागि स्थानीयवासी, तीनवटै तहका सरकारको सामूहिक प्रयास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यहाँको लामेआहालको झोलुुङ्गे पुलहुँदै पुणिटार–लामगादी सडकको लामगादीबाट भालुढुङ्गा खेत, सामुदायिक बनको सालघारी बाटो, चिसापानी, मन्दलीको थान, कसेरी गाउँ हुँदै मनिथानसम्म पदयात्रामार्फत पुग्न सकिन्छ । स्थानीय नवराज घमिरेले पोखराको व्यस्त दैनिकीबाट केही समयका लागि मुक्ति चाहनेहरूले करिब चार घण्टाको पैदल यात्रामै यहाँ पुगेर दृश्यावलोकन गर्न सक्ने अनुुभव सुनाउनुभयो । “हामीले हालै दसैँ बिदाको अवसर पारेर उक्त क्षेत्रमा एकदिने हाइकिङ सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “हिमाली दृश्यावलोकनसहित पोखरा र आसपासको एकसाथ अवलोकन गर्नका लागि पनि यो महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुनसक्नेसम्भावना छ ।”

पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ आसपासका गन्तव्य प्रवर्द्धन र विकास गर्नसकेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने घिमिरेले बताउनुभयो । “धार्मिक पर्यटनका सम्भावनायुक्त गन्तव्यको प्रवर्द्धन र विकास गर्नसकेमा त्यसले बढ्ने पर्यटकीय गतिविधिले स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुग्नेछ । मनिथानजस्ता ऐतिहासिकस्थलको महत्वलाई उजागर गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । यसमा सबै तहका सरकारले लगानी गरे झनै राम्रो हुन्थ्यो”, उहाँले अगाडि भन्नुभयो । रासस