४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’

कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’
अ+ अ-

काठमाडौँ: लामो समयदेखि आवरण कला र लिपि साधनामा लाग्नुभएका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गर्नुभएको छ ।

पौडेलले आफूले यसअघि प्रचलनमा ल्याएका फन्टलाई समेटेर नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने गरी फन्ट विकास गरेको जानकारी दिनुभयो । उहाँले यसरी विकास गरेका फन्टलाई ‘आवरण यूनिकोड’ को नाम दिनुभएको छ । “मैले डिजाइन गरेका फन्ट नेपाल प्रज्ञा–प्रतिष्ठान र रेडियो नेपालले प्रचलनमा ल्याइसकेका छन् । हालसम्म दर्जनौँ फन्ट बनाइसकेको छु । यिनै फन्टको प्रयोग गरेर सात सयभन्दा बढी साहित्यिक कृतिको आवरणसमेत डिजाइन गरिसकेँ”, उहाँले भन्नुभयो,“लिपि पारखीहरूले मेरा फन्टलाई रुचाएर त्यही फन्टमा कृति प्रकाशन गर्ने माग बढ्दै गएकाले सिपलाई प्रविधिसँग जोड्ने सोचका साथ नेपाली यूनिकोड बनाएको हुँ ।”

पौडेलले यो कार्य निकै चुनौतीपूर्ण रहेको सुनाउनुभयो । उहाँले अगाडि भन्नुभयो,“नेपाली फन्ट डेढ दुई सय क्यारेक्टर बनाउँदा हुन्थ्यो भने यूनिकोडहजारौँ क्यारेक्टरको हाराहारीमा । फन्ट बनाउनेहरू हत्तपत्त यूनिकोड बनाउने आँट गर्दैनन् तर मैले जोखिम मोलेरै आफ्नै हस्तलिपिको नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने आवरण यूनिकोडफन्ट बनाएको छु ।”

रेडियो प्रसारकसमेत रहनुभएका पौडेलले मौलिक हस्तलिपि फन्टलाई थप प्रविधिमैत्री बनाउँदै विश्वव्यापी बनाउने सोचमा रहेको राससलाई बताउनुभयो । यसका साथै नेपालका अन्य भाषाका लागि पनि खोज र डिजाइन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । “सानैदेखि किताबकाभन्दा राम्रा अक्षर लेख्न सकिन्छ भन्ने विश्वास बोकको थिए । प्रकाशनमा कतिपय क्यरेक्टर अभाव हुने भएकाले तिनलाई ध्यानमा राखेर आवरण फन्टको सिरिज नै बनाए । फलतः यो प्रयासलाई संस्थागत रूप दिएर ‘आवरण प्रकाशन’को स्थापना गरेको छु । प्रकाशनले मौलिक कपिराइट फन्टमा दर्जनौँ कृतिसमेत प्रकाशित गरिसकेको छ”, उहाँले भन्नुभयो ।

करिव चार दशकेखि सिर्जना साधनामा लागेका पौडेल, कलाकार, कवि, गीतकार र रेडियो प्रसारकसमेत हुनुहुन्छ । उहाँले केही वर्षअघि रेडियो नेपालबाट अवकाश लिनुभएको थियो ।