२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन आह्वान गर्नुभएको छ ।

दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले दशैं पर्वलाई आ–आफ्ना परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडक नगरी मनाउन आह्वान गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ,– ‘वर्षायामको हिलोमैलो सकिएपछि स्वच्छ र सुन्दर शरद ऋतुको सुरुवातसँगै हर्षोल्लासपूर्वक मनाइने बडा दसैँ पर्वलाई हामीले धार्मिक‚ सांस्कृतिक र सामाजिक पर्वको रूपमा मनाउँदै आएका छौँ । बडा दसैँ नेपालीहरूको सबभन्दा ठूलो चाड हो । विविध क्षेत्र र समुदायका दसैँ मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड पनि हो ।’ उहाँले अगाडि भन्नुभएको छ– ‘मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने, मान्यजनहरूबाट आशिर्वाद लिने र आफूभन्दा सानाहरूलाई आशिर्वाद दिने अवसरको रूपमा बडा दसैँको विशेष महत्व रहेको छ ।’

उहाँले दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दशैँ अलि असहज र खल्लो पनि भएकाले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनुपर्ने बताउनुभएको हो ।