२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्बाट घरवास गुमाएकालाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुन:वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुन:वासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरुको उद्धार गरेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको बताउनु भयो । उहाँले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरुमा सजगताको कमी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म गरेको छ । प्राकृतिक प्रकोप र सरकारको भोलुमको बीचमा ग्याप त हुँदो नै रहेछ । हालैमात्र अमेरिकाको फ्लोरिडामा आँधीबाट आक्रान्त छ । सुविधा सम्पन्न देशमा पनि केही कमजोरी छन् । तर हामीले सरकारले इमान्दारीपूर्वक काम गरेको छ की छैन भनेर हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरु सबै खट्नुभएको छ । तर मौसव विज्ञहरुले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो । त्यसलाई मध्यनजर गरेर सरकारले सूचना पनि शतर्क रहन दिएको हो । कति कुरामा नागरिकहरुको सजगतामा कमी पनि भयो । सरकार अझ बढी प्रभावकारी बनोस् । १० हजार परिवारले घरवास गुमाउनुभएको छ । उहाँहरुलाई छिटो भन्दा छिटो पुन:वासको जरुरी छ । त्यसपछि पुन:निर्माणको काम आउँछ ।’

उहाँले सरकारले अझ बढी सक्रिय भइ विपद् प्रभावितहरुको पुन:वास र पुनर्निर्माणका लागि प्रभाकारी ढंगले काम गर्नुपर्ने बताउनु भयो ।