२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा घर जाने चटारो (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ । काठमाडौं उपत्यका लाखौँले छोडिसकेका छन् ।

रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ । टिका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । साथै काठमाडौं उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ ।

काठमाडौंका सडकहरुमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् । बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ ।

तस्बिरहरु: न्युज एजेन्सी नेपाल