१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने

मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने
अ अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण शुरु गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई।रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिनुभयो ।

अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडांैमा आएको छ । पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडांैमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले उपत्यकामा हिजोबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताउनु भयो । उहाँले ५ करोड लिटर पानी भने बागमती नदिमा पठाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेलम्ची खोलामा अहिले प्रशस्त पानी छ । करिव ४० करोडदेखि ५० करोड लिटर पानी खोलामा छ तर हामीले सबै पानी डाइभर्ट गरेका छैनौँ । अहिले हामीले २५ करोड लिटर पानी डाइभर्ट गरेका छौँ । काठमाडौंमा करिब २२ करोड लिटर पानी आइपुगेको छ । तर हाम्रो पानी प्रशोधन केन्द्रको क्षमता भनेको १७ करोड लिटर मात्रै छ । बढीमा हामीले १८ करोड लिटर पानी प्रशोधन गर्नसक्छौँ । बाँकी रहेको पानी वागमती नदीमा छोडिरहेको छौँ । वागमती नदिमा दिनको करिव ४ करोड लिटर पानी मेलम्ची नदिबाट थपिएको छ । वागमती नदिमा अहिले करिब ९ करोड लिटर पानी थप भएको छ । हाम्रो ट्रिटमेन्ट प्लान्टमा करिव १८ करोड लिटर पानी प्रशोधन भएर वितरण भएको छ । ट्रिटमेन्ट भएको पानी पनि करिव १७ करोड लिटर प्लस हामीले वितरण गरिरहेका छौँ ।’

कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी पिउनयोग्य भएको बताउनु भयो । उहाँले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिने बताउनु भयो । यद्यपी पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदुषित हुन सक्ने उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकन पिउन सकिने गुणस्तरमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एक त मेलम्चीको पानी सुन्दरीजलसम्म आउँदाखेरी पानी राम्रो नै आइराखेको हुन्छ । त्यहाँ हाम्रो अत्याधुनिक पानी प्रशोधन केन्द्रहरु छ । त्यहाँ हामीले ३/४ लेयरमा पानीलाई प्रशोधन गरेर फेरि लास्टमा क्लोरीनेशन गरेर पठाउँछौँ । पुरानो लाइनबाट गएको पानी छ भने हामी भन्न सक्दैनौँ, हामीले शुद्ध पानी पठाउँदा पनि पाइप फुटेर अरु पानी प्रदुषित हुनसक्छ । तर हामीले पठाएको नयाँ लाइनबाट पानी आएको छ भने धाराको पानीलाई नउमालिकन पिउन सक्नेगरी पिउन योग्य गुणस्तरमा पठाएका छौँ । त्यसको गुणस्तर चेक हामी प्रत्येक दिन, प्रत्येक घण्टा पनि चेक गरेर ट्रिटमेन्ट प्लान्टबाट छोडेका छौँ । पुरानो लाइन कस्तो छ भन्न सकिन्न । तर नयाँ लाइनको पाइप जोडिएको छ भने त्यो पानी ढुक्कसँगले पिउन सक्ने अवस्था छ ।’

उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बागमती नदी मुहानबाट पानी संकलन गर्न अगाडि बढाएको योजना इआए स्वीकृत नभएको कारण रोकिएको बताउनु भयो । वागमती नदी मुहानमा वर्षातको समयमा प्रशस्त पानी रहने तर संकलन हुन नसक्दा खेर गएको बताउनु भयो । मुहानमा प्रशस्त पानी हुने तर तलका जनतामा पिउने पानीका लागि तड्पनुपर्ने अवस्था रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नहुँदा नागरिकलाई पानी वितरण गर्न नसकिएको बताउनु भयो । उहाँले वातावरणीय अध्ययन प्रतिवेदन फास्ट ट्रयाकमा स्वीकृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्नुपर्ने कुरामा नीतिगत सुधार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नीतिगत निर्णय गर्नुपर्नेचाहीँ हामीसँग वर्षातको बेलामा वागमती नदिमा मुहान क्षेत्रमा प्रशस्त पानी रहन्छ । तर त्यहाँ अहिले हामीले पाँच करोड लिटर मात्रै पानी ल्याएका छौँ । त्यो ठाउँमा केयुकेएल र भ्याली बोर्डले पाइपलाइन बिस्तार गर्ने भनेर पाइपलाइनको क्यापिसिटी थप्ने गरिएको थियो त्यहाँ वातावरणीय अध्ययन प्रतिवेदनहरु छिटो स्वीकृत हुन नसकेको कारणले गर्दाखेरी वर्षातमा पानी खोलामा बग्ने जनताकोमा पानी पुर्‍याउन नसक्ने अवस्था रहेको थियो । खानेपानीको लागि वातावरणीय अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्ने गरेर अथवा प्रतिवेदन स्वीकृत गर्दै गर्ने गरेर काम गराउनलाई सरकारले नीतिगत रुपमा निर्णय गर्नुपर्नेछ । खोलामा पानी बढी भएर तल्लो तटिय क्षेत्रमा डुबान हुने । माथिल्लो तटिय क्षेत्रको पानीलाई १०/१२ करोड पानी ल्याउन सकियो भने त्यो पानी जनताको घरमा डिस्ट्रिव्यूसन गर्न सक्ने । एकातिर जनताले पानी नपाउने । अर्कोतर्फ त्यही पानीले डुबान भोग्नुपर्ने कारणले यो वातावरणीय अध्ययन प्रतिवेदन लगायतका इस्युहरुलाई खानेपानीको सवालमा फास्ट ट्रयाक बाट गर्नुपर्छ । यसमा नीतिगत सुधार र निर्णय हुनुपर्ने विषय रहेको छ ।’

उहाँले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भएपनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने जानकारी दिनुभयो । २०७८ साल असार १ गते र साउन १६, १७ गते मेलम्ची नदिमा आएको विनाशकारी बाढीले मेलम्ची नदिको पानी डाइभर्सन गर्न बनाइएको हेडवक्र्सका संरचना पूर्णरुपमा नष्ट भएपछि वर्षातको समयमा पानी काठमाडौंमा पठाउन छोडिएको थियो । वर्षात कम भएसँगै पानी काठमाडौं उपत्यकामा पठाउन थालिएको हो ।