१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक
अ अ+ अ-

फुङ्लिङ । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा आफूले कार्यरत रहँदा भोगेका र अवलोकन गरेका विषयलाई गीतमा जीवन्त प्रस्तुत गरिएको गीतकार भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गीतले ताप्लेजुङको सुन्दरता र चियाको पसलजस्तो सानो व्यवसायमा लागेका मानिसलाई सम्मान र प्रेरणा दिन खोजेको छ । स्थानीय सानातिना व्यवसायमा लागेका मानिसको सङ्घर्ष, लगनशीलता र स्थानीय पर्यटनको महत्वलाई गीतमा समेटिएको छ ।”

सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायतले ताप्लेजुङको पर्यटन र साना व्यवसायीलाई प्रोत्साहन गर्न गीतले सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले श्रष्टा भट्टराईले अगामी साहित्यिक यात्रा अनवरत रुपमा लागिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘दिलमायाको चिया दोकान’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जनाइएको छ । पाथीभरा क्रिएसन हाउसका प्रमुख हर्कराज गुरुङले गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । गीतमा राजनराज शिवाकोटीको सङ्गीत, मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर समावेश गरिएको छ । साना उद्यमी र ताप्लेजुङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा गीतका शब्दले विशेष भूमिका खेल्ने गायक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ । उहाँले भन्नुभयो, “गीतको निर्माणले ताप्लेजुङमा रहेका पर्यटन र चिया व्यापारजस्ता साना व्यवसायको विकासमा प्रत्यक्ष रूपमा टेवा पुर्याउने उद्देश्य राखेको छ । साना व्यवसाय ताप्लेजुङमा मात्रै नभई देशभरि पर्यटनको मुख्य आधारस्तम्भ बनिरहेका छन् । यस्ता व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनको वृद्धि गर्न सहयोग गरेका छन् ।” स्रष्टा भट्टराईले यसअघि ‘ठाँटीको घाम’ उपन्यास ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो । रासस