२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु



अ+ अ-

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गर्नुभयो ।

काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुननिर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौ मकवानपुरको सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनको आवश्यकता औल्यानुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले बाढी पैह्रोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

राष्ट्रपति पौडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।