२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘वैट्टैयन’ को ट्रेलर सार्वजनिक भएको छ ।

विशेष कुरा के छ भने यस फिल्ममा रजनीसँगै अमिताभ बच्चन पनि देखिनेछन् ।

यो अमिताभको पहिलो तमिल फिल्म हो । यसबाट उनी ३३ वर्षपछि रजनीकान्तसँग काम गर्दै देखिनेछन् । दुवैले पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको फिल्म ‘हम’ मा सँगै काम गरेका थिए ।

२ मिनेट ३९ सेकेन्डको यो ट्रेलरमा निकै सस्पेन्स, थ्रिलर र एक्सन रहेको छ । कथा एक अधिकारीको हो जो अपराधीलाई सजाय दिन चाहन्छ । ट्रेलरमा सुपरस्टार रजनी आफ्नो पुरानो एक्शन स्टाइलमा गुण्डालाई पिट्दै देखिएका छन् ।

उनका अलावा अमिताभ बच्चन, फहद फासिल र राणा दग्गुबती पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसमा मञ्जु वारियर, ऋतिका सिंह, दुशारा विजयन र किशोर जस्ता कलाकारहरु पनि देखिएका छन् ।

फिल्म अमिताभ बच्चनको ८२ औँ जन्मदिनको एक दिन अगाडि अक्टोबर १० मा विश्वभरका थिएटरमा रिलिज हुनेछ । यो तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुनेछ । फिल्मलाई टीजे गनानावेलले निर्देशन गरेका हुन् ।