१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने



अ+ अ-

काठमाडौँ । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।

त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग (सिडिपिएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् । शुक्रवार जनसंख्या अध्ययन केन्द्रिय विभागले पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ देखि १५ गतेसम्म छैटौं एशियाली जनसंख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो ।

८ सय बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनमा एशियाका विभिन्न देशका जनसंख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर करिव ४ सय भन्दा बढी कार्यपत्रहरु प्रश्तुत गर्ने भएका छन् । मुख्य रुपमा विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतिहरु आदिमा केन्द्रित रहेर कार्यपत्रहरु प्रश्तुत गरिनेछन् । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताउनु भयो ।

विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपाल जस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने जनसंख्या अध्ययन केन्द्रिय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताउनु भयो ।

जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको जनसंख्या अध्ययन केन्द्रिय विभागले बताएको छ । नेपालको विकासका एजेण्डालाई थप प्रवद्र्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा सम्मेलनले गरेको छ ।




भर्खरै