१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बलान नदी कटानले जोखिममा बस्ती

बलान नदी कटानले जोखिममा बस्ती
अ अ+ अ-

सिरहा । केही दिनअघिको वर्षाले सिरहामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । यहाँको बलान नदीले तटबन्ध भत्काउँदा किनाराका बस्ती बगाउने त्रासमा स्थानीय छन् ।

सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर लहान—४ स्थित इस्लामपुरको बस्तीमा पसेको थियो । करिब तीन सय मिटर तटबन्ध भत्काएर बस्तीमा बाढी पसेपछि ३० घरपरिवार बिचल्लीमा परे । सयौँ बिघाको धानखेत क्षणभरमै सखाप भयो । “एक्कासि बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भागाभाग भयो,” लहान—४ इस्लामपुरका बाढीपीडित मो सदरुर मियाँले भन्नुभयो, “नदीले तटबन्ध नै भत्काएछ ।”

मियाँको जस्तै समस्या लहान—२३ तिलेबोनाका गङ्गाप्रसाद यादवले पनि भोगिरहनुभएको छ । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा बस्ती बगाउने चिन्तामा रातदिन बस्नुपरेको उहाँले बताउनुभयो । “दशकौँदेखि गरिखाने जमिन आँखै अगाडि हेर्दाहेदै नदीले निलेको हेर्न विवश छौँ । यो नदीले हामीलाई रित्तो बनाइदियो, सबै सकियो । ओत लाग्ने घर पनि बाढीले कुन दिन बगाउने हो, टुङ्गो छैन”, यादवले भन्नुभयो ।

बाढीले तिलेबोनामा मात्रै १० बिघा खेतीयोग्य जग्गासँगै आँपको बगान बगाएको छ । नदीले कटान गरी गाउँ नजिक पुगिसकेकाले तत्कालै नियन्त्रण नगरेमा दक्षिणी भेगका सखुवानान्कारकट्टी र भगवानपुर गाउँपालिका प्रभावित हुने स्थानीय बताउँछन् । “हिउँदमा चकमन्न भएर बग्ने बलान नदी वर्षातसँगै भेल बाढी मात्र बग्दैन, नदीकिनार बासिन्दाको आँसु पनि सँगै बग्छन्”, सखुवानन्कारकट्टी गाउँपालिकाको—४ का हरिलाल यदवले भन्नुभयो । उहाँका अनुसार पछिल्लो दशकमा नदीले बसनपुरमा २२, भगवतीपुर मौजीमा ५१, सिम्राहा मौजीमा ८४ बिघा जमिन कटान गरिसकेको छ । सयौँ बिघा नम्बरी जग्गा बगर बनाएको छ । नदी सोझिएको बस्ती तर्फ लागेको यादव बताउनुहुन्छ ।

कुनै बेला जमिनदारको गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय अहिले मेटिएको छ । नदीले करिब १५ वर्षअघि धार परिवर्तन गरी बस्तीतिर सोझिएपछि विपद् सुरु भएको थियो । त्यसयता लहान नगरपालिकाको वडाअन्तर्गत ३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेवोना तथा भगवानपुर गाउँपालिकाको १, ३ र ४ नम्बर वडाअन्तर्गत भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको उच्च जोखिममा छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख हसमत अन्सारीका अनुसार नदी नियन्त्रणको लागि पर्याप्त बजेट उपलब्ध छैन । उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेश सरकारबाट जे जति काम भएको छ, त्यो पर्याप्त छैन ।”

बलान नदी नियन्त्रणको लागि लहान नगरपालिकाले वडा नं २३ स्थित तिलेबोनामा अघिल्लो आवमा रु ५० लाख बढी खर्चेर करिब एक सय ५० मिटर तटबन्ध निर्माण गरेको थियो । गत आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट बलान नदी नियन्त्रणको लागि रु ९५ लाख खर्चेर करिब पाँच सय मिटर तटबन्ध निर्माण गरिएको थियो ।

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बलान नदी नियन्त्रणको लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगको आग्रह गर्नुभयो । रासस