१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले पिएसजीलाई हरायो



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ ।

गएराति भएको खेलमा आर्सनलले पिएसजीलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन काइ हाभेर्टज र बुकायो साकाले गोल गरे । दुबै गोल पहिलो हाफमा भएको थियो । हाभेर्टजले ३० औं तथा साकाले ३५ औं मिनेटमा गोल गरेका हुन् ।

आर्सनलले २ खेलबाट ४ अङ्क जोडेको छ भने पिएसजीको ३ अङ्क छ ।