१ आश्विन २०८३, बिहीबार
,
Latest
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको(काँग्रेस–एमाले)को सरकार घातक भएको बताउनुभएको हो ।

उहाँले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरुले बिरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गर्नुभएको हो ।

उहाँले काँग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताउनु भयो । उहाँले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताउनु भयो ।

उहाँले दुई ठूला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताउनु भयो । सभापति लामिछानेले सरकारले रात्रिकालिन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताउनु भयो । उहाँले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरुको बिल्लिबाठ भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यहीँ हुनुहुन्छ माननीयज्यूहरु त्यतिबेला राजु सदाको कोभिडले मृत्यु हुँदा यो मृत्यु भएको होइन राज्यले हत्या गरेको भन्नुभएको थियो । त्यो ढंगको प्रतिक्रिया हुनुप¥यो नि । त्यो ढंगको अर्जेन्सीको महशुस हुनुप¥यो नि । त्यसको महशुस भएर त्यही अनुसारको अभिव्यक्त हुनुपर्यो नि । ताकि भोलिका दिनमा यस्तो चिज नहोस् भनेर । दुई तिहाइको सरकार घातक छ । एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी । नत्र यस्तै हुन्छ । शान्त हुन्छ । केही पनि नभएजस्तो हुन्छ ।

मैले त्यतिखेर(गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ । त्यसको निरन्तरता भएन । त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो । प्रदेशभर राखिएको थियो । हेल्प सेन्टर राखिएको थियो । ति कुनै चिजको कार्यान्वयन भएनन् । राति गाडी नगुडाउनु भन्ने सूचना आयो । ट्राभल एडभाइजरीले बाटोमा गाडी रोक्छ ? ट्राभल एड्भाइजरी जारी गरेपछि त्यसको अक्षरशः पालना गर्नुपर्छ भनेर कसलाई भनियो ? कहाँ परिपत्र भयो ? रोक्ने गौँडाहरु त थिए त । कही पनि गर्न सकिएन । नियमित जस्तो झारा टार्ने काम भयो ।

सरकारले गरेको यो एकदमै गैरजिम्मेवारीपूर्ण काम हो । यो कुरालाई स्वीकार गर्नुपर्छ । हाम्रो स्रोत, साधन, क्षमतामा सिमितता छ । तर असिमित इच्छाशक्ति हुन सकेको भए नागरिकको ज्यान बचाउन सकिन्थ्यो । मान्छेहरुको यस्तो बिल्लिबाठ हुँदैन थियो ।’

सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठूलो क्षति नहुने जिकिर गर्नुभयो ।