७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)



अ+ अ-

काठमाडौं । शुक्रबार र शनिबार आएको भीषण वर्षापछिको बाढी र डुवानका कारण काठमाडौं अस्तव्यस्त बन्यो । आइतबारदेखि पानी पर्न कम भए पनि बाढीले थुपारेको फोहोर उठाएर अझै सकिएको छ ।

सोमबार दिनभर नै प्रभावितहरु आफ्नो थातथलो सफा गर्न र पूर्ववत् अवस्थामा फर्कने प्रयासमा रहे । बाढी र डुवानले अस्तव्यस्त बनाएको काठमाडौं उपत्यकाका प्रभावितहरु अझै लयमा फर्कन सकेका छैनन् ।

सरकारी निकाय, सामाजिक संघसंस्था तथा व्यक्तिगत प्रयासमा प्रभावित वस्ती सफा गर्ने काम अझै जारी छ ।

तस्बिरहरु : नविन पौडेल र हरिराम भेटुवाल/रासस

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित अविरल वर्षाका कारण बाढीले कृषि तथा तरकारी बजारमा क्षेति गरेपछि बजार भित्र रहेको लेदो माटो जेसिबीको सहायताले सरसफाइ गर्दै ।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित अविरल वर्षाका कारण बाढीले कृषि तथा तरकारी बजारमा क्षति गरेपछि सोमबार बजार भित्र रहेको लेदो माटो सरसफाइ गर्दै बजारका व्यवसायी । 

बाढीबाट प्रभावित सुकुम्बासी बस्ती । शनिबार आएको अविरल वर्षाका कारण बाढीले नदी किनार आसपासका बस्ती प्रभावित भएका छन् ।
युएनपार्क अगाडि अड्किएरको ग्यास बुलेट । शनिबार आएको अविरल वर्षाका कारण बाढीले चुहिँदै गरेको अवस्थामा ग्यास बुलेट बगाएको थियो । 
ललितपुरको च्यासलमा अविरल वर्षाका कारण आएको बाढीबाट बेपत्ताको सोमबार खोजी गर्दै सशस्त्र प्रहरीको टोली । 
ललितपुरको च्यासलमा अविरल वर्षाका कारण आएको बाढीले बेपत्ता भएका मानिसहरुको सोमबार खोजी गर्दै सशस्त्र प्रहरीको टोली । 
काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय परिसरमा सिकाइएका बागमती नदीमा आएको बाढीले भिजेका किताब कपी ।
काठमाडौँको बागमती नदीमा आएको बाढीपछि त्रिपुरेश्वरस्थित वंशीघाट परिसरकाे दृश्य ।
अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले क्षति गरेकाे ललितपुरस्थित च्यासल खेलमैदान ।
काठमाडौँको बुद्धनगरमा डोजरमार्फत सडक सफा गर्दै ।
काठमाडौँको टेकूस्थित सानेपा जाने सडकमा बागमती नदीमा आएको बाढीले थुपारेको फोहर र लेदो जेसिविमार्फत सफा गरिँदै ।