१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय



अ+ अ-

काठमाडौं । आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् ।

अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको हो ।

अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बेच्नेछन् ।

दशैं नजिकिएसँगै हवाईसेवा कम्पनीहरुले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए ।

दशैंको मुखमै भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो ।

बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिन नहुने भन्दै आलोचना भएको थियो ।