११ श्रावण २०८३, सोमबार
,
Latest
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैनः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गरेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गर्नुभएको हो ।

दुई छिमेकी देशहरु ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरुमा हुनुपर्ने बताउनु भयो ।

उहाँले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि बताउनु भयो । नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘भारत अब तेस्रो ठूलो अर्थतन्त्र हुने देश हुन्छ अब । यो ग्यारेन्टी नै छ । केही समयमा चीन पहिलो र भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश हुने स्थिति छ । यो दुवै हाम्रो लागि ठूलो अवसर हो । यसलाई प्रयोग गर्ने क्षमता नेपालीहरुमा हुनुपर्छ । म कम्युनिष्ट विचारधाराको मान्छे ।

सरकारमा पुगेर काम गरेपछि म यो सरकार कम राखेमा हुने रहेछ, कर्मचार कम राख्दा हुने रहेछ भन्नेमा पुगेँ । काम गर्नै दिँदैन, कम गर्न नै तयार हुँदैन । क्यापिटलिजम र सोसलिजमलाई म्यानेज गरेर मात्रै युरोप र चीनले देश बनाएका छन् । यो चिजलाई नेपालका खासगरी हाम्रो ब्युरोकेसी र पोलिटक्सले कमाण्ड गर्न सक्नुपर्छ ।

निजी क्षेत्रलाई कहिले कहीँ गाली गर्ने, यि व्यापारी हुन्, नाफा खान्छन्, यो त्यो गर्छन् भन्ने आरोप आउँछ । नेता पनि त्यस्तै हुन् गाली खान्छन् । कहिले कहीँ मलाई व्यापारी र नेता एउटै हुन् की जस्तो लाग्छ, दुवैले गाली खान्छन् । गाली खाएँ भनेर छोड्नु हुँदैन । तपाईंहरु अघि बढ्नुस् देश बन्छ । यो बाटोलाई अघि बढाउनुस् ।

चीन र भारतलाई मात्रै पनि राम्रोसँग हामीले क्याचअप गर्नसक्यौँ भने विश्वको जनसंख्याको झन्डै तीन अर्ब जनसंख्या हामीसँग छ । यसको मात्रै प्रयोग राम्रोसँग गर्नसके नेपाल विकसित मुलुकमा लैजान समय लाग्दैन ।’

उपाध्यक्ष पाण्डेले निजी क्षेत्रलाई एक भएर लगानी बढाउन आग्रह समेत गर्नुभयो ।