२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैनः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गरेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गर्नुभएको हो ।

दुई छिमेकी देशहरु ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरुमा हुनुपर्ने बताउनु भयो ।

उहाँले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि बताउनु भयो । नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘भारत अब तेस्रो ठूलो अर्थतन्त्र हुने देश हुन्छ अब । यो ग्यारेन्टी नै छ । केही समयमा चीन पहिलो र भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश हुने स्थिति छ । यो दुवै हाम्रो लागि ठूलो अवसर हो । यसलाई प्रयोग गर्ने क्षमता नेपालीहरुमा हुनुपर्छ । म कम्युनिष्ट विचारधाराको मान्छे ।

सरकारमा पुगेर काम गरेपछि म यो सरकार कम राखेमा हुने रहेछ, कर्मचार कम राख्दा हुने रहेछ भन्नेमा पुगेँ । काम गर्नै दिँदैन, कम गर्न नै तयार हुँदैन । क्यापिटलिजम र सोसलिजमलाई म्यानेज गरेर मात्रै युरोप र चीनले देश बनाएका छन् । यो चिजलाई नेपालका खासगरी हाम्रो ब्युरोकेसी र पोलिटक्सले कमाण्ड गर्न सक्नुपर्छ ।

निजी क्षेत्रलाई कहिले कहीँ गाली गर्ने, यि व्यापारी हुन्, नाफा खान्छन्, यो त्यो गर्छन् भन्ने आरोप आउँछ । नेता पनि त्यस्तै हुन् गाली खान्छन् । कहिले कहीँ मलाई व्यापारी र नेता एउटै हुन् की जस्तो लाग्छ, दुवैले गाली खान्छन् । गाली खाएँ भनेर छोड्नु हुँदैन । तपाईंहरु अघि बढ्नुस् देश बन्छ । यो बाटोलाई अघि बढाउनुस् ।

चीन र भारतलाई मात्रै पनि राम्रोसँग हामीले क्याचअप गर्नसक्यौँ भने विश्वको जनसंख्याको झन्डै तीन अर्ब जनसंख्या हामीसँग छ । यसको मात्रै प्रयोग राम्रोसँग गर्नसके नेपाल विकसित मुलुकमा लैजान समय लाग्दैन ।’

उपाध्यक्ष पाण्डेले निजी क्षेत्रलाई एक भएर लगानी बढाउन आग्रह समेत गर्नुभयो ।