११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चङ्गाको चहलपहल- तस्बिरहरू



अ+ अ-

काठमाण्डौ। यो वर्षको वडादशैं अर्काे हप्तादेखि अर्थात असोज १६ घटस्थापनादेखि शुरु हुँदैछ । १० वर्ष अघिसम्म शहर र गाउँघरमा दशैं आएको कुरा केटाकेटीले चंगा उडाउन थालेपछि थाहा हुन्थ्यो । विभिन्न रंगका रंगिचंगी चंगाले आकाश रंगिन देखिन थालेपछि दशैं आएको संकेत देखिन्छ ।

तर चंगा उडाउने पुस्ता अहिले मोवाइलमा झुम्मिन थालेपछि अवको केही वर्षपछि चंगा उडाउने परम्परा नै लोप नहोला भन्न सकिन्न ।

२०७२ सालको विनाशकारी महाभूकम्पमा लामो समय विद्यालय विदा हुँदा मोवाइल र सामाजिक सञ्जालमा अल्मलिने थालेका बालबालिका र किशोर किशोरी २०७५ तिर फैलिएका कोरोना महामारीदेखि शत्प्रतिशत नै मोवाइल र सामाजिक सञ्जालमा झुम्मिन थालेका हुन् ।

कोरोना महामारीमा विद्यालय र कलेजहरु बन्द भएपछि अनलाइन कक्षामा सामाजिक सञ्जालको माद्यमबाट पढ्ने बानी बस्न थालेपछि केटाकेटीदेखि किशोरकिशोरी र युवा पुस्ता मोवाइलमा झुम्मिन थालेपछि नेपाली सनातन चाडपर्व र परम्पराप्रति चासो विस्तारै घट्न थालेको हो ।

यसको पछिल्लो उदाहरण चंगा उडाउने परम्परामा कमि आएको छ । केटाकेटीमा मोवाइलको लत बसेको कारण घरकोठा छोडेर बाहिर निस्कन मन नपराउनु र शहरमा चंगा उडाउने खाली जग्गाहरुमा अग्ला अग्ला घर बनेका कारण चंगा उडाउने परम्परामा आकर्षण घटेको मान्न सकिन्छ ।

यसैको कारण विगतका वर्षहरुको तुलनामा शहर बजारमा चंगा बेच्ने व्यापारी र चंगा किन्ने उपभोक्ताको संख्यामा कमी आएको मान्न सकिन्छ ।

अहिले गाउँदेखि शहरका शतप्रतिशत मानिसले मोवाइल चलाउँछन भने त्यसको एक प्रसतशतले मात्रै चंगा उडाउने गरेको अनुमान गर्न थालिएको छ ।

वर्षात् सकिएपछि अब पानी पार्न बन्द गरिदिनु भनेर चंगाको माद्यमबाट इन्द्र भगवानलाई सन्देश पठाउन चंगा उडाउने परम्परा शुरु भएको किंवदन्ती रहेको बताइन्छ ।