९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज प्रतितोला ७०० रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार उक्त सुन प्रतितोलामा १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।