१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ: रवि लामिछाने

मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ: रवि लामिछाने
file photo
अ अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा जोडेर सरकाले आफूलाई फसाउने षडयन्त्र गरिहेको आरोप लगाउनु भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च: मतीबाट फेसबुक लाइभ मार्फत सभापति लामिछानेले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको बताउनु भयो ।

उहाँले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

उहाँले भन्नुभयो- गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको छ । उहाँले भन्नुभयो ‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ ,म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

उहाँले भन्नुभयो -सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? ती सामग्रीहरु अझै छैनन् ?राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेरा पेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’

उहाँले आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन पनि  आग्रह गर्नुभयो ।लामिछानेले भन्नुभयो ‘भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’

उहाँले भन्नुभयो ‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए,‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

सभापति लामिछानेले आफूलाई सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सफाइ दिइसकेको समेत उल्लेख गर्नुभयो ।

उहाले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट अवैध बाटोबाट भित्रिएको भनिएको पैसा परिचालनका लागि जिम्मेवारी लिने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा मेरो संलग्नता नरहेको भनिसकेको छ । म गोर्खा मिडियामा रहँदा पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । मैले त्यो जिम्मेवारीबाट भाग्न मिल्दैन, भागेको छैन, । ’

उहाँले भन्नुभयो संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न म तयार छु । सभापति लामिछानेले भन्नुभयो ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनु भयो ।