८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ: रवि लामिछाने



file photo
अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा जोडेर सरकाले आफूलाई फसाउने षडयन्त्र गरिहेको आरोप लगाउनु भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च: मतीबाट फेसबुक लाइभ मार्फत सभापति लामिछानेले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको बताउनु भयो ।

उहाँले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

उहाँले भन्नुभयो- गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको छ । उहाँले भन्नुभयो ‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ ,म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

उहाँले भन्नुभयो -सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? ती सामग्रीहरु अझै छैनन् ?राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेरा पेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन ।’

उहाँले आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन पनि उहाँले आग्रह गर्नुभयो ।लामिछानेले भन्नुभयो ‘भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।’

उहाँले भन्नुभयो ‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए’, उनले भने, ‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

सभापति लामिछानेले आफूलाई सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सफाइ दिइसकेको समेत उल्लेख गर्नुभयो ।

उहाले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट अवैध बाटोबाट भित्रिएको भनिएको पैसा परिचालनका लागि जिम्मेवारी लिने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा मेरो संलग्नता नरहेको भनिसकेको छ । म गोर्खा मिडियामा रहँदा पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । मैले त्यो जिम्मेवारीबाट भाग्न मिल्दैन, भागेको छैन, । ’

उहाँले भन्नुभयो संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न म तयार छु । सभापति लामिछानेले भन्नुभयो ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।’

सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनु भयो ।