८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने



अ+ अ-

काठमाडौं । काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ । ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीन दिनसम्म चल्ने छ ।

किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरू राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।

बिभिन्न कारणले नेपालमा उत्पादित स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।

स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ ।