२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन



अ+ अ-

काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ ।

‘रामायण: साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभयो ।

उहाँहरूले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताउनुभयो । सो क्रममा उहाँहरूले प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको र यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता प्रदर्शनीनले एक अर्काको कला सिर्जनाको सिकाइसमेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उहाँको भनाइ छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताउनुभयो ।

यही असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् । भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहनुभएको यस प्रदर्शनीमा कलाकारले रामायणसम्बन्धी चित्र सिर्जना गर्नुभएको छ ।रासस