काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा पनि निकै बढेको कारण रात्रिकालीन कर्फ्यु लगाईएको हो ।
कफ्र्यु स्थानीय समयअनुसार राति १० बजेदेखि भई बिहान पाँच बजेसम्म जारी रहने बताईएको छ । यो घोषणा शनिबार रातिबाट नै कार्यान्वयनमा आएको छ भने डिसेम्बर २१ सम्म जारी रहने पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ ।
यो नियम क्यालिफोर्नियाका ५८ मध्ये ४१ कन्ट्री (क्षेत्र)हरुमा लागू हुनेछ । अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २० लाख नाघेको छ । अमेरिकामा गएको मेयता पहिलोपटक कोरोनाबाट एकैदिनमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको हो । साथै यसबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ५५ हजार नाघिसकेको छ ।
स्रोतः बीबीसी











