२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व ब्याटिङ प्रशिक्षक विक्रम राठौरलाई आईपीएल फ्रेन्चाइज राजस्थान रोयल्सले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

आईपीएल फ्रेन्चाइजीले आफ्नो आधिकारिक बयानमा ५५ वर्षीय पूर्व भारतीय ओपनर आफ्नो ब्याटिङ कोच हुने जनाएको छ ।

भारतका लागि ६ टेस्ट र ७ ओडीआई खेलेका विक्रम राठौरले रोयल्स परिवारको हिस्सा बन्न पाउनु सौभाग्यको कुरा भएको बताए ।

‘फेरि एकपटक राहुल र अहिले युवा क्रिकेटरसँग काम गर्ने मौका पाएको छु । म टोलीको भिजन र रोयल्सका लागि शीर्ष श्रेणीका खेलाडीहरू सिर्जना गर्न मद्दत गर्नेछु, जसले टोलीलाई आईपीएल विजेता बनाउन मद्दत गर्नेछ ।’ उनले भनेका छन् ।

२०१९ मा भारतको ब्याटिंग कोच बन्नु अघि, राठौरले चार वर्ष राष्ट्रिय चयनकर्ताको रूपमा पनि काम गरे । उनले घरेलु क्रिकेटमा पञ्जाब र हिमाचल प्रदेशलाई पनि प्रशिक्षण दिएका छन् र आईपीएलमा राजस्थान अघि पञ्जाब किंग्ससँग पनि काम गरेका छन् ।

हालै टिम इन्डियाका पूर्व ब्याटिङ कोच विक्रम राठौरलाई न्यूजिल्याण्डको कोचिङ स्टाफमा समावेश गरिएको थियो । न्युजिल्यान्ड क्रिकेट बोर्डले स्थानीय अवस्थालाई ध्यानमा राख्दै ५५ वर्षीय पूर्व भारतीय ओपनर राठौरलाई टोलीमा समावेश गरेको जानकारी दिएको छ । उनीसँगै श्रीलंकाका पूर्व स्पिनर रंगना हेराथलाई स्पिन बलिङ प्रशिक्षकमा नियुक्त गरिएको छ ।

भारतीय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडलाई केही दिन अघि मात्रै आईपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा भारतलाई जित दिलाउन विक्रम राठौरले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी भारतका ब्याटिङ प्रशिक्षक थिए । उनको कार्यकालमा भारतले धेरै सिरिज जितेको थियो ।