२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरण बारे शंकरको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?



अ+ अ-

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरण र संसदीय समितिको प्रतिबेदन पछि जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएको जनाउनु भएको छ ।

उहाँ रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ र त्यसको खर्च कसरी हुन्छ भन्ने दायित्व लिनुपर्ने जनाउनु भएको छ ।

पोखरेलले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?