२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि क्षेत्रका समस्या छिटै समाधान गर्छौं: कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताउनु भयो । उहाँले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गर्नुभयो । उहाँले देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको बताउनु भयो । उहाँले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषिमा धेरै किसिमका समस्याहरु छन् । तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुबीच भेटघाट छैन । कृषिका कर्मचारीहरु कस्ता छन् ग्रामिण क्षेत्रका किसानहरुले देखेका पनि छैनन् । देशभरका किसानहरुको लागि कृषि मन्त्रालय हो तर सरकार सच्चा किसानहरुको बीचमा पुगेर सल्लाह दिनसकेका छैनौं । मुलुकमा तीन प्रकारका किसानहरु रहेका छन् । जीविकोपार्जनको लागि अर्को विहान बेलुका दुई छाक टार्ने र अर्को खालका ठूलो परिणाममा काम गरेर व्यवसायीक किसानहरु छन् । तर किसानको लागि सबैठाँउबाट सहयोग गरौं । किसान र मन्त्रालयबीचको दुरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको छ । हामीले उत्पादनमा जोड दिएनौं र समयमा मल बिउको व्यवस्थापन गर्न सकेनौं भने आयात मात्रै गर्नुपर्ने हुन्छ । त्यसको लागि कृषि मन्त्रालय सहयोग गर्न तयार छ ।’

उहाँले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताउनु भयो ।