३१ श्रावण २०८३, आईतवार
,
Latest
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’



अ+ अ-

वाशिङटन डिसी । नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।

यहाँस्थित नेपाली दूतावासले आइतबार मोति जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँढीलाई समेत नेपाली भाषा सिकाउन अनुरोध गर्नुभयो ।

दूतावासका उत्तम घिमिरे, साहित्यकार गण्डकी पुत्र, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० का संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो ।

कविहरू तीर्थराज पाण्डेय, गोविन्द गिरी ‘प्रेरणा’, मधुकर अधिकारी, सुदीप भद्र खनाल, जगन्नाथ पौडेल, तारा पराजुली, अशोकनाथ तिवारी, मनोज खड्का, शरद निरौला, प्रेम सङ्ग्रौला, पुष्पा खनाल, लोक नाथ तिवारी, मञ्जु सङ्ग्रौला, नारायण अधिकारी, वासु श्रेष्ठलगायतले आ–आफनो रचना वाचन गर्नुभएको थियो । यसैगरी, डिवी राना, प्रवीन खड्का, सन्तोष शर्मा, परशु तिमिल्सेना, सीता पाण्डे र काशिनाथ न्यौपानेले पनि कविता वाचन गर्नुभएको थियो ।