१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ: रवि लामिछाने

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ: रवि लामिछाने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगिमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अनुसार आफु सहकारी ठगिमा संलग्न नभएको पुष्टि भएको बताउनुभएको हो ।

उहाँले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफु प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताउनु भयो । उहाँले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफु भागिदार हुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘अझैपनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त । चेक नै काट्ने होला नि । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ । बाँकी प्रचलित कानुन अनुसार कहीँ कतै गडबढ गरेको भए सजायको भागिदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा म बाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती, कमजोरी भएको रहेछ । प्रचलित कानुनका समस्या आएका रहेछन् । कहीँ करका कुरा होलान् के होलान् । त्यसको भागिदार हुनुपर्छ भन्ने कुरामा त भनिहाल्यौँ । त्यसकारणले हामीले सहमती गरेर हस्ताक्षर गर्‍यौँ । नत्र नोट अफ डिसेन्ट लेख्छौँ । आफ्नो कार्यकालमा भएका चिजहरु दुरुपयोग भए कि भएनन् भन्ने कुराको कानुन बमोजिमको जवाफदेहिता दिनुपर्छ भन्ने कुराको कुराबाट भाग्ने मान्छे हामी होइनौँ । सहकारी ठगिमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ ।’

उहाँले आफूहरु सहकारी पीडतहरुको पक्षमा आवाज उठाइरहने पनि बताउनु भयो ।