३१ श्रावण २०८३, आईतवार
,
Latest
व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले जनयुद्ध चिन्दैन: एमाले सांसद न्यौपाने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभामा बोल्द उहाँले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको हो ।

उहाँले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताउनु भयो । उहाँले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ । हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो । संविधानले जनयुद्ध भनेर चिन्दैन । संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो । सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ । पार्टीका कार्यक्रममा, दस्ताबेजमा के लेख्छौँ, त्यो अलग कुरा हो । तर हामीले चिनेको संविधान हो । संविधानमा सशस्त्र युद्ध भनिएको छ । त्यसैले हामीले संविधानले चिनेको शब्द नै प्रयोग गरौँ । त्यसमा धेरै रस्साकस्सी गर्नुपर्ने जरुरी छ जस्तो लाग्दैन ।’
सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।