११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित



अ+ अ-

काठमाडौं । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ ।

प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला  प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो ।

 दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैलाश पलाञ्चोके, घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठलगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गर्नुभएको कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा कार्यालयबाट तालीम लिई विभिन्न घरेलु सामग्री निर्माण गरेका व्यवसायीले एकदिने प्रदर्शनीसमेत गरेका थिए ।