२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला कलामा रमाउँदै राजदूत पोलिट



अ+ अ-

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार बिहान मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुसँग भेट गर्नुभएको छ । उहाँले जनकपुर महिला विकास केन्द्र पुगेर स्वदेशी र अन्तर्राष्ट्रिय बजारका लागि सुन्दर मिथिला कला सिर्जना गर्ने महिलाहरुको प्रशंसा गर्नुभयो ।

राजदूत पोलिटले ट्विट गर्दै मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुको आम्दानीलाई कोभिडले प्रभावित बनाए पनि उनीहरुले त्यस्ता अवरोधहरुलाई तोडिसकेको र उनीहरुको नेतृत्व अगाडि बढेको बताउनुभयो ।

मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरुका बिचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ ।

मिथिला कला मुख्यतयाः गाउँका महिलाद्वारा अभ्यास गरिने र आमाबाट छोरीलाई सिकाइने मातृवंशीय भितेचित्र आधारित परम्परागत कला हो। माटो, गोबर र भुस मिसाएर माटोको भित्तामा विभिन्न ढाँचा, जनावर र पौराणिक पात्र चित्रित गर्नको लागि प्रयोग गरिन्थ्यो। 

विस्तारै प्रतिमा र छविहरू भित्तामा बनाउने कामबाट कागजमा बनाउने अभ्यास थालियो। 

मिथिला कलाको छुट्टै मौलिकता छ । मानवीय अनुभुति अर्थात रुपचित्र यस शैलीअन्तर्गत पर्दछन । प्रतीकात्मक र साङ्केतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ । मिथिला कला नै त्यहाँका जीवनशैलीका यथार्थ नमूना हुन् भनिन्छ । यसको मौलिक विषेशता र जीवित परिपाटी हो । महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ । कलाकारमा लामो साधना अध्ययन वा कलाकारीतामा गहिराई पनि हुनु जरुरी छैन । तर यस्ता चित्रहरु त्यहाँ अनिवार्य मानिन्छ  ।

मैथिली समुदायमा मिथिला चित्रकला पवित्र मानिन्छ । मिथिला चित्रकलाको प्रयोग सबैजसो शुभकार्यमा गरिन्छ । भूमिचित्र, अडिपन, भित्तेचित्रलगायतका चित्र धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिन्छ । मिथिला चित्रकलाले मैथिली क्षेत्रको जनजीवन र धार्मिक परम्परालाई ग्रहण गरेको छ ।