१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवधाम निर्माणका लागि एक लाख प्रदान



अ+ अ-

गोदावरी, (ललितपुर) । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।

‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उहाँले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गर्नुभएको हो ।

पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ हँुदैछ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताउनुभयो । रासस