१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख इन्दिरा रानामगर र उपसभापति धनराज गुरुङबारे छलफल गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रैसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्दैछ ।

उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउनेबारे एमालेसँग भएको सहमतिअनुसार अब कसरी अघि बढ्ने भन्ने छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् । यसैगरी आफ्नै पार्टीका उपसभापति गुरुङमाथि सहकारीको बचत अपचलनको आरोप लागेको विषयमा पनि छलफल हुने छ ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

यस्तै, काङ्ग्रेस सांसद् धनराज गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

गुरुङले भने सो सहकारी ठगी प्रकरणमा पूर्वश्रीमती ज्योति गुरुङले जोडिएकी र आफूहरूबीच २०७६ फागुनमै डिभोर्स भइसकेको भन्दै सो मामिलामा आफूलाई जोड्न नहुने तर्क गरेका छन् ।