१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

माधव नेपालको प्रष्टोक्ति: कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन

माधव नेपालको प्रष्टोक्ति: कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पार्नुभएको हो ।

उहाँले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताउनु भयो । यद्यपी निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरु हार्ने र नाम नपरेकाहरु जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रश्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताउनु भयो । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले उम्मेदवारहरुले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको भन्दै सोही अनुरुप आफू तटस्थ बसेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यस्तो कसैले पनि आरोप लगाएका छैनन् । किनकि थाहा छ कि अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ । चिटको काममा मैले रोक नै लगाएको हो । मलाई थाहा पनि भएन । थाहा भएको होइन । कसैले अध्यक्षलाई दोष लगाउलान् । कसैले महासचिवलाई दोष लगाउलान् । कसैले अर्को नेतालाई दोष लगाउलान् । आ–आफू जित्न आ–आफ्नो ढंगले चलेका होलान् । म यस्ता कुराको विपक्षमा छु । मेरो लागि सबै बराबर हुन् । साझा हुन् । प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो । मन जित्न सक्नुपर्‍यो । मन जित्न नसक्ने हो भने त दोष लगाएर हुँदैन । भोटिङ बाट टुंगो लगाएको त हो नि । के मान्छेले भोटिङ लोभ, लालचले गरेको हो त ? डर, त्रासले गरेको हो त ?डर त्रासले होइन होला । भोटिङको सबै पक्ष हेर्नुहुन्छ भने चिटमा नाम भएका मान्छे हारेका छन् । नाम नै नभएका मान्छे जितेका छन् । चिटले त जिताएको रहेनछ । चिटमा नाम भएका मान्छे हारेका छन् फेरी । कसरी हार्‍यो त ? चिटमा नाम नै नभएकाले कसरी जिते त ? चिट एउटा छैन फेरी दश प्रकृतिका चिट बाँडेको छ फेरी । त्यो सबै चिट मैले पाइसकेको पनि छैन । मैले मागिरहेको छु । कुन–कुन चिटमा क–कसको नाम छ, हेर्छु । त्यो नाम भएका मान्छेले बाँडेका हुन् कि ? शंका गर्नुपर्ने भएन ? नाम भएकाहरुले मात्रै होला नि बाँडेका त । कतिपय जित्नुपर्ने साथीहरु नजित्दाखेरी उहाँहरुलाई पनि दु:ख लागेको होला । अब म नजित्नुपर्नेहरुले जिते भन्न पनि सक्दिनँ । जितेर आउनुभएको मान्छे चाहीँ ठिक भएन ।

नजितेकाहरुले जित्नुपथ्र्यो भनेर मैले भन्नु पनि भएन । अनुभवी साथीहरु जसले जित्न सक्नुभएन उहाँहरुप्रति पनि मेरो सहानुभुति छ । जितेर आउनुहुनेहरुलाई अगाडी बढ्न शुभकामना छ । केन्द्रीय कमिटीका सदस्यले भोट दिए । उहाँहरुको मन जित्न सक्नुभएन । दोष अरुलाई दिएर हुन्छ ? मैले भनेको पनि थिएँ, पदाधिकारीमा हामीले सहमती गर्न सक्ने भएनौँ । पदाधिकारीको व्यवस्था नै हटाइदिउँ भनेकै हो । हुँदैन हुँदैन भने । चुनाव चुनाव भने । अनि के गरौँ त ? म कसको पक्षमा लागुँ त ?तपाई चुपचाप बसिदिनुस् भनेको हुन् मलाई । म केही बोलिनँ । किनकी मलाई थाहा छ, पर्खालको पनि कान हुन्छ । एउटालाई खुसुक्क भन्यो भने मलाई त भन्नुभएको छ भन्दै हिँड्छ । त्यसो हुनाले म यस्ता कुरामा किन लाग्न चाहिन भने जब म दुई जना मान्छेलाई कन्भिन्स गर्न सकिरहेको छैन एउटै पदका आकांक्षि दुई जना । अनि म कतिलाई कन्भिन्स् गर्न सक्छु त ? म थाँके । दुईटै भन्छन्, तपाई चुप लागिदिनुस् । हामीलाई छोडिदिनुस् ।’

अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने बताउनु भयो । उहाँले सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताउनु भयो । उहाँले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले पार्टीमा असन्तुष्ट नेताहरुलाई फकाइरहेको बताउनु भयो ।