२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल: गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ । उहाँले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गर्नुभएको थियो । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्नुभएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुखसहित छलफल भएको थियो । बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको समस्यौदा राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ । नेपाल प्रहरीको विधेयकको समस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको समस्यौदा बिहीबार पठाएको उहाँले जानकारी दिनुभयो ।

गत साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको समस्यौदा टुङ्ग्याउनु अघि गृहमन्त्री लेखकले प्रहरीका उच्च अधिकारीसँग राय लिनुभएको थियो । उहाँले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरुको पनि राय–सुझाव लिनुभएको थियो । यस्तै सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा टुङ्गो लगाउनुअघि गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर उच्च अधिकारीसँग राय सुझाव लिनुभएको थियो ।

“चाँडै नै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छ”, गृहमन्त्री लेखकले भन्नुभयो । अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने तथा मन्त्रिपरिषद्मा लैजाने उहाँले जानकारी दिनुभयो ।