३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ: शशांक कोईराला



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा विश्वेश्वरप्रसाद कोईरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताउनु भयो । उहाँले विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताउनु भयो । उहाँले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताउनु भयो । उहाँले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा विपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटी त चुनाव जितेँ । त्यसलै यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले विपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरुहरुमा त्रुटी देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’

सांसद कोईरालाले विपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गर्नुभयो ।




भर्खरै