१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

ओली शासनमा विद्यार्थीले दिक्षित हुन पनि पाएनन्: रास्वपा सांसद श्रेष्ठ

ओली शासनमा विद्यार्थीले दिक्षित हुन पनि पाएनन्: रास्वपा सांसद श्रेष्ठ
अ अ+ अ-
काठमडौँ ।प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाउनुभएको छ ।
सो प्रतिष्ठानको दिक्षान्त समारोह भाद्र २३ गतेका लागि तय गरिएको थियो । तर सबै विद्यार्थीहरु दिक्षित हुनका लागि त्यहाँ पुगेपछि प्रधानमन्त्री ओलीले कुलपतिको हेसियतले कार्य व्यवस्तताको कारण देखाउँदै सो दिक्षान्त समारोह स्थगित गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । सांसद श्रेष्ठले समय मिलाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको कार्य क्षमतामाथि नै प्रश्न उठेको जिकिर समेत गर्नुभयो । उहाँले विद्यार्थीहरुको दिक्षित हुने अधिकार ओली सरकारले कटौति गर्न नमिल्ने तर्क समेत गर्नुभयो । सांसद श्रेष्ठले सो प्रतिष्ठानको दिक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा कहिलेबाट शुरु हुन्छ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुको दिक्षान्त समारोह पनि रोकि दिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिक्षान्त समारोह राकियो । आईतवार हुनुपर्ने दिक्षान्त समारोह सबै जना विद्यार्थीहरु अब त दिक्षित भइन्छ भनेर गए । प्रमज्यूले, कुलपतिज्युले राति म आउन सक्दिन कार्य व्यस्तता भनिदिनु भयो । कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठन थाल्यो । विद्यार्थीहरुको दिक्षित हुने राईट होइन त्यो ? हक अधिकार होइन ? सभामुख महोदय, म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु–विद्यार्थीहरुको जीवनमा यस्तो जाँचमा खेलबाड नगरियोस । बरु राणा शासनमा एउटा विद्यार्थीलाई पढनका लागि व्यवस्था थियो भन्छन् । यो ओली शासनमा चाहीँ इतिहासले कसरी लेख्छ । यो चाहीँ हेर्नुपर्नेछ । ओली शासनमा यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ ? सभामुख महोदय । ’
सांसद श्रेष्ठले ओली कालमा विद्यार्थीहरुले परीक्षा समेत दिन नपाउने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।