१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछ: उद्योगमन्त्री भण्डारी

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछ: उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले इथानोल उत्पादनको लागि विदेशी लगानीमा समेत इथानोल उत्पादन गर्ने धेरै प्रश्तावहरु आएको भन्दै कसरी उत्पादन गर्ने विषयमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा निचोड निकाल्ने उल्लेख गर्नुभयो । उहाँले चिनी उत्पादक संघबाट मात्रै सम्भव छ वा अन्यबाट पनि गर्न सकिन्छ त्यसको अध्ययन गर्ने जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले इथानोल मिश्रण सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै प्रतिकुल वातावरणमा पनि अगाडि बढाउन तयार रहेको बताउनु भयो । उहाँले नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिक टन आवश्यक रहेको भन्दै त्यसमा १ लाख ८० हजार मेट्रिक टन आयात भइरहेको बताउनु भयो । उहाँले १ लाख ८० हजार मेट्रिक टन आयात हुँदा पनि बजारमा अभाव रहेको भन्दै इथानोलमा पनि यही नियति नेपाल आयल निगमले भोग्नुपर्ने अवस्था देखिएको बताउनु भयो । उहाँले आयात गरेर इथानोल बनाउँदा उपभोक्तामा जाँदा सहज मूल्य हुनुपर्ने बताउनु भयो ।

उहाँले १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको भन्दै करिव १ अर्बको आसपासमा आयात भइरहेको बताउनु भयो । उहाँले आयातलाई २० प्रतिशत कम गरी आयात प्रतिस्थापन हुने बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको बताउनु भयो । उहाँले आगामी एक महिनाभित्र मूल्य निर्धारण लगायतका काम टुंग्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको भन्दै सरकारले आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिकटन आवश्यक पर्छ । पछिल्लो १ लाख ८० हजार मेट्रिक टन आयात भएको छ । तर पनि बजारमा अभाव छ । भोलि यही नियति नेपाल आयल निगमले भोग्ने होइन । नेपालमा अमेरिका वा अन्य देशबाट आयात हुने मकै १० हजार मेट्रिकटन आउँछ । आयात गरेर हामीले इथानोल बनाउने हो । त्यसपछि उपभोक्तामा जाँदा त्यसको मूल्य कति हुने रु १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको छ । करिव १ अर्बको आसपासमा आयात भइरहेको छ । इथानोल बनाउने हो भने त्यसको दोब्बर बढी ल्याउनु पर्ला । हामीसँग उत्पादन छैन ।

‘आयातलाई २० प्रतिशत कम गर्नसक्ने तहमा छौं । हाम्रो उत्पादन छ । हामी आयात प्रतिस्थापन गर्दैछौं । २० प्रतिशत योगदान गर्छौं । उत्पादन गर्छौं भन्ने तहमा छौं भने मन्त्रालयको विशेष प्राथमिकतामा रहेको इथानोल मिश्रणको विषयमा मन्त्रालय सहमत छ । विनियमावली बनि सकेको छ । मूल्य तोक्न बाँकी छ । त्यो पनि एक महिनाभित्र टुग्याउँछौं । त्यसपछि हाम्रो उत्पादनसँग १० प्रतिशतमा जाने हो भने २ लाख प्रत्येक दिनको लागि हामीसँग छैन। सरकारको प्राथमिकतामा रहेको कार्यक्रम प्रतिकुलतामा भएपनि शुरु गर्न चाहन्छौं । मूल्य हामी चाँडै तोक्छौ । यो एक महिनाभित्र सरकारले नीतिगत रुपमा टुग्याउने पर्ने विषयहरुलाई टुग्याउँछौं । वैदेशिक लगानीमा इथानोल उत्पादन गर्ने प्रश्तावहरु मन्त्रालयमा आएका छन् । कसरी उत्पादन गर्ने चिनी उत्पादक संघले मात्रै सम्भव छ ।’

उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताउनु भयो । उहाँले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताउनु भयो । उहाँले मुलुकमा जलविद्युत उत्पादनको ठूलो सम्भावना भएपनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताउनु भयो । उहाँले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताउनु भयो ।

नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा।चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताउनु भयो । उहाँले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्व हुन गएको बताउनु भयो । उहाँले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन शुरु हुने पनि बताउनु भयो ।

उहाँले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताउनु भयो । उहाँले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउनु भयो । इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने बताउँदै उनले वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो ।