१३ माघ २०८१, आईतवार
,
Latest
राजदूत पौडेलद्वारा विपिन जोशीको रिहाइका निम्ति सघाउन आग्रह गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व छ : मन्त्री यादव एक करोड बैंक ग्यारेन्टी बुझाएपछि रविको प्रतिक्रिया- मेरो भन्नु केही छैन, बेला आएपछि बोल्छु कोशी प्रदेशसभाः अध्यादेश स्वीकृत पाथीभरा केबलकार घटना : वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह एक करोड बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि राजन र सन्तोषीलाई राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि परराष्ट्रमन्त्री डा राणालाई भारतीय समकक्षीको धन्यवाद मंगलबारका लागि बोलायो एमालेले संसदीय दलको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने



file photo
अ+ अ-

भरतपुर, (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।