१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

 मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

 मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति
अ अ+ अ-

वीरगञ्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उहाँका जुम्ल्याहा छोरा नसिम रकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा  छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा  नाम निकाल्नुभएको छ । त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकाल्नुभएको थियो । आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ । यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन ।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा नि:शुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उहाँकै सन्ततिले गरेका हुन् । “जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबिबिएस अध्ययन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै  हर्षित भएका छौँ।”

फिरोज राकी र नसिमा प्रविण त्यस्ता भाग्यमानी बुबाआमा हुनुुहुन्छ । यसको कोखबाट जन्मिएका चारै सन्तानले एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन् । “मेरा चारै सन्तान एमबिबिएस अध्ययन गर्ने अवसर पाएका छन्”, उहाँले भन्नुभयो, “मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो ।”

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबिबिएस पढ्नेमा नाम निकाल्नुभएको थियो । तर, शुल्क तिरेरै पढ्नु भएन । थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ । एमबिबिएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताउनुभयो । “अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ ।”

“तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ”, उहाँले भन्नुभयो, “बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ । भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ । अब राम्रोसँग अध्ययन गरेर दिनदु:खी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरुको सेवा गर्ने रहर छ ।”

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकाल्नुभएका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउनुहुुन्छ । “अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबिबिएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो ।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै  सामुदायिक विद्यालय माईस्थान विद्यापिठबाट अध्ययन गर्नुभएको हो । उहाँहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गर्नुभएको थियो ।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताउनुभयो । अहिले भने उहाँ वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहनुभएको छ । छोराछोरीलाई दु:खजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उहाँको भनाइ छ । “मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए । त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए ।”

उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ । मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाईलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिदैँ आइरहे । अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ ।”

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहनुभएकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दावी गर्नुभयो । “हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ”, उहाँले भन्नुभयो, “जेठी छोरी नबुले एमबिबिएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन् ।”

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबिबिएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहनुभएको छ । नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबिबिएस अध्ययन गर्नुभएको हो । त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबिबिएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबिबिएस अध्ययनरत हुनुहुन्छ ।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको  सुनाउनुहुन्छ । “मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए”, उहाँले भन्नुभयो, “श्रीमान्कै प्रेरणाकै कारणले रोकिएको पढाईलाई फेरि निरन्तरता दिने मौका पाए । यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु ।”

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कञ्जुस्याइँ गरिरहेको उहाँले गुनासो गर्नुहुन्छ । “मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाइलेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ”, उहाँले भन्नुभयो, “छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हँुदैन ।”

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असर संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिनुहुन्छ । “संस्कार माला जस्तै किनेर पाइँदैन”, उहाँले भन्नुभयो, “जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो । आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो ।”

आफ्ना चारवटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पद्चाप पछ्याइदिएको खण्डमा खुसी हुने बताउनुहुन्छ । “मेरा चारै सन्तानले बरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थउपचार गरुन भन्ने चाहाना रहेको छ”, उहाँले भन्नुभयो, “असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पद्चाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु ।” रासस