११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.44

Wind: 1.54

Humidity: 76

Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाडाबान्ता लागेर बाँकेमा एक जनाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

नेपालगञ्ज, (बाँके) । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

“परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् ।

यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताउनुभयो ।