२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै



अ+ अ-

बर्दघाट सुस्तापश्चिम, (नवलपरासी) । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ । दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन् ।

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताउनुभयो । पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने र बिक्री गर्ने कार्यलाई मुख्य व्यवसाय बनाएका थिए । पूजाआजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने तथा ग्राहकको घरघरमा पुुर्याउने गर्दैआएका थिए । दाउराको मूल्य बढेपछि माटाका भाँडा पकाउन असहज भएको उनीहरुको भनाइ छ । घाटा बेहोर्नु परेको भन्दै अहिले उनीहरूले यसको व्यापार छाडेको वडाध्यक्ष त्रिपाठीले बताउनुभयो ।

विद्युुतीय बत्तीको प्रयोगले माटाका दियो र भाँडाको प्रयोगलाई विस्थापित गरेपछि उक्त काम छाडेर वैदेशिक रोजगार तथा अन्य काममा लाग्नुपरेको पाल्हीनन्दन‐५ का ७४ वर्षीय भिखन प्रजापतिले बताउनुभयो । उहाँका अनुसार माटाको दियो तथा भाँडा पकाउने दाउराको मूल्य बढेपछि घाटा बेहोर्नु परेकाले स्थानीय माटाका भाँडा बनाउने काम छाडेर अरु काममा लागेका छन् ।

केही वर्ष पहिला पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुुदानमा भाँडा बनाउने प्रजापति समुदायलाई आठ मेसिन वितरण गरेको थियो । दिपावली र छठ पूजामा बढीजसो माटाका दियो प्रयोग गर्ने चलन छ । अन्य बेला पनि पूजाआजा तथा घरायसी प्रयोजनका लागि यसको प्रयोग गरिन्छ । स्थानीय तहले माछापालनका लागि पोखरी ठेक्कामा दिएको र ठेकेदारले पोखरीमा पानी भरेपछि आफूहरूलाई माटो झिक्न नमिल्ने भएपछि प्रजापति समुदायलाई माटाका भाँडा बनाउन समस्या भएको छ । माटाका भाँडा बनाउन स्थानीय तहले केही प्रतिशत छुुटमा वन कार्यालयबाट दाउरा उपलब्ध गराए पनि यो प्रर्याप्त नभएको सो समुदायको गुनासो छ । रासस