२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक



अ+ अ-

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच समिकरण बनाइ स्थीर सरकार गठन भएको बताउनुभएको हो ।

“सरकार अस्थीर हुँदा नयाँ समिकरण बन्ने भत्किने अवस्था थियो”, उहाँले भन्नुभयो, “सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।” सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दीगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उहाँको भनाइ छ ।

संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समिकरण रहिरहने उहाँले बताउनुभयो । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उहाँले उल्लेख गर्नुभयो । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उहाँको भनाइ छ ।

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताउनुभयो । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने उहाँले जानकारी दिनुभयो । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रुपमा अगाडि बढेको उहाँको भनाइ छ । लागुऔषधको समस्या चुनौतीका रुपमा रहेकाले उहाँले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रुपमा मुद्दा उठाएको बताउनुभयो ।

भारतीय विदेश सचिवले दुवै क्षेत्रमा लागुऔषध रोकथामका लागि कडाइ गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । वर्षौंदेखि थाती रहेको निकुञ्ज विस्थापित परिवारको पुन: स्थापना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । यसै क्रममा गृहमन्त्री लेखकलाई निकुञ्ज विस्थापित, बाढी प्रभावित क्षेत्रका बासिन्दाले ज्ञापनपत्र बुझाएका थिए । रासस