३१ श्रावण २०८३, आईतवार
,
Latest
एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध



अ+ अ-

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिनुभयो । उहाँले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताउनुभयो ।

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिनुभयो । उहाँले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताउनुभयो । रासस




भर्खरै